मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

2021-06-23
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ५ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

७ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ८.७५ प्रतिशत हुनेछ। 


Share this with your friends: