काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेगा बैंक नेपाल लिमिटेडको लिलमीमार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको छ। आज(बिहिबार) नेप्सेमा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्री हुन बाँकि रहेको संस्थापक र सर्वसाधारण समूहतर्फबाट सेयर मेगा बैंकले गत असोज ११ देखि १८ गतेसम्म बिक्री गरेको थियो।