युनाइटेड मोदी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2022-02-14
युनाइटेड मोदी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी फागुन २६ गते बिहिकारका दिन कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै प्रबन्धक सञ्चालकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: