युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-12-21
युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस २७ गते ललितपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम एपमार्फत बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै प्रबन्धक सञ्चालकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।   


साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।   


Share this with your friends: