राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

2021-02-10
राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा काठमाण्डौ त्रिपुरेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सञ्चालन हुनेछ। 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसैगरी नियाकम निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संसोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट आ.व २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गरिनुका साथै आ.व २०७६/७७ को लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। 

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि फागुन ०५ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: