लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-07-20
लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन ५ गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार २८ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिने ८ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ,८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ। बैंकलाई नेपाल धितोपत्र बोर्डले गत असार १५ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको  थियो । 


Share this with your friends: