लाभांस पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

2021-12-23
लाभांस पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा संस्था र अन्य उपयुक्त संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिबाट गरिएको २ जना सञ्चालक नियुक्तीलाई अनुमोदन गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: