लाभांस वितरणको प्रस्ताव पारित गर्दै महुली लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

2022-01-09
लाभांस वितरणको प्रस्ताव पारित गर्दै महुली लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।

उक्त सभामा २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। सभामा एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने वा हुने जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ। 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित साविकको महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाको आ।व २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। 


Share this with your friends: