वेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

2022-02-24
वेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको
बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी चैत ४ गते शुक्रबारका दिन कमलादी काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धको आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीको आ।व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड जस्ता वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

यसैगरी आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।    


Share this with your friends: