शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

2020-11-09
शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको पाचाँै वार्षिक साधारण सभा आज(कात्तिक २४ गते) आयोजना हुन गईरहेको छ। लाभांस पारितको मुख्य अजेन्डा सहित कम्पनीको साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट कार्यालयमा सभा भर्चुअल जुम मिटिङमार्फत सञ्चालन हुन गईरहेको हो। 

कम्पनीको गत असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको थियो। 

आज हुन गईरहेको सभाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६ र ७७ का लागि प्रतावित नगद लाभांश पारित गर्नेछ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने निर्णय गरेको छ। 

वार्षिक साधारणसभा प्रयोजनाका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: