संक्रमणको जोखिम कम गर्न विद्युतीय माध्यमबाट सेयर किनबेचको रकम भुक्तानी

2020-08-21
संक्रमणको जोखिम कम गर्न विद्युतीय माध्यमबाट सेयर किनबेचको रकम भुक्तानी

काठमाण्डौ । सेयर किनबेचको रकम भुक्तानी अबदेखि विद्युतीय माध्यमबाट गनुपर्ने भएको छ। 

कोरोना संक्रमण बढेसंगै काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा नेपाल स्टक ब्रोकर एसोसिएसनले लगानीकर्तालाई सेयर खरिदबापतको रकम विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ। एसोसिएसनले सबै ब्रोकर कम्पनीहरुले बैंक ट्रान्सफर र एनसीएचएलको कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट लगानीकर्तालाई सेयर बिक्रिबापतको रकम हस्तान्तरण गर्नुपर्नेमा जोड दिएको छ। 

यसअघि नेपाल धितोपत्र बोर्डले समेत विद्युतीय माध्याबाट सेयर किनबेचको रकम भुक्तानी गर्न निर्देशन दिइसकेको छ। यसै निर्देशन बमोजिम एसोसिएसनले आफ्ना सम्पूर्ण सदस्य ब्रोकर कम्पनीहरु र लगानीकर्ताहरुलाई विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्न भनेको हो। 

 पैसाको माध्यमबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावना उच्च हुने हुदाँ यतिबेला सेयर बजारमा समेत विद्युतीय माध्यमबाट कारोबार गर्नुपर्नेमा जोड दिइदै आइरहेको छ। 

 


Share this with your friends: