समाज लघुवित्तको आइपीओमा पहिलो दिन नै रेकर्ड ब्रेक, ६० गुणा बढी आवेदन पर्नसक्ने प्रक्षेपण

2020-08-20
समाज लघुवित्तको आइपीओमा पहिलो दिन नै रेकर्ड ब्रेक, ६० गुणा बढी आवेदन पर्नसक्ने प्रक्षेपण

काठमाण्डौ । सर्वसाधारणबाट ८० हजार ७०० कित्ता आइपीओका लागि आवेदन माग्दा पहिलो दिन नै १३ लाख ६ हजार ७४० कित्ताको माग गर्दै आवेदन परेपछि समाज लघुवित्तले निश्कासनको गरेको आइपीओले यसअघिका सबै रेकर्ड तोड्ने संभावना बढेको छ । 

संभवत यो त्यस्तो आइपीओ बनेको छ, जसमा आवेदन खुल्ला भएको पहिलो दिन नै मागेभन्दा १६ गुणा बढी आवेदन पर्यो । 

समाज लघुवित्तले आजदेखि सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता आइपीओ निश्कासन गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुको दोश्रो बजार मूल्य निकै आकर्षक रहेकोले यो कम्पनीको आइपीओ खरीद गर्नेहरुको समेत मरिहत्ते देखिएको छ । 

लघुवित्तको आइपीओमा पहिलो दिन नै ५१ हजार ८४६ जनाले सेयर खरीदका लागि आवेदन दिएका छन् । यसले यो कम्पनीको आइपीओमा आवेदन दिने छिटो मितिसम्ममा आइपीओमा परेका आवेदनहरुको यसअघिको सबै रेकर्ड तोड्ने संभावना देखिन्छ । विश्लेषकहरुले यो कम्पनीको आइपीओमा मागभन्दा कम्तीमा ६० गुणादेखि बढीमा १०० गुणासम्म आवेदन पर्नसक्ने अवस्था देखिएको छ । 

संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पुँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते हुनेछ ।

 


Share this with your friends: