सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-06-07
सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार १६ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।   

कम्पनीले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत जेठ ११ गते रु।१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।  


Share this with your friends: