सांग्रिला डेभलपमेन्ट बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

2021-04-28
सांग्रिला डेभलपमेन्ट बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो । 

यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,००० अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको तयारी गरेको छ । 

उक्त रु.७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.३० करोड बराबरको ऋणपत्र(सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ । 

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने जनाएको छ । 

बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ । 

हाल बैंकको मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 


Share this with your friends: