सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

2021-06-23
सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको  ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको समयावधि थप गरिएको छ । बैंकले गत असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । अब लगानीकर्ताले यो ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु।४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.३० करोड बराबरको ऋणपत्र(सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: