सान्जेन जलविद्युतले डाक्यो साधारण सभा, लाभांस नबाड्ने

2020-12-13
सान्जेन जलविद्युतले डाक्यो साधारण सभा, लाभांस नबाड्ने

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई लाभांस वितरण नगर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्म वासलात र आ.व २०७६/७७ को नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी उक्त सभामा आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ। 

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १७ देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।    

 


Share this with your friends: