सामलिङ्ग पावरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2022-03-14
सामलिङ्ग पावरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिको संख्या ११ बाट घटाई ७ कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै सर्वसाधारण सेयरधनी समूह ख बाट १ जना तथा समूह ग बाट १ जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ठ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।   


Share this with your friends: