साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांस पारित मुख्य अजेण्डा

2020-11-23
साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। 

उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: