साल्ट ट्रेडिङद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-03-23
साल्ट ट्रेडिङद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले ५५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत ३० गते बुधबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।  


Share this with your friends: