साल्ट ट्रेडिङको वार्षिक साधारण सभा आज, ३५ प्रतिशत लाभांस पारित हुने

2020-12-15
साल्ट ट्रेडिङको वार्षिक साधारण सभा आज, ३५ प्रतिशत लाभांस पारित हुने

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आज (मंसिर ३० गते) भर्चुअल जुम मिटिङ मार्फत ५३ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो। 

सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: