साल्ट ट्रेडिङको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक, मुनाफामा समान्य वृद्धि

2021-06-06
साल्ट ट्रेडिङको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक, मुनाफामा समान्य वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी)ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जेठ २२ गते दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

अधिकांस कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्थामा एसटीसीले भने दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

समीक्षा अवधिसम्ममा कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ५.४७ प्रतिशतले बढेको हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले  २ करोड ३९ लाख ८६ हजार खुद नाफा आर्जन गरेको थियो । 
यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपेयाँ कायम भएको छ । जुन रकम गत वर्षको तुलनामा ०.५४ प्रतिशत धेरै हो । यो अवधिसम्माकम्पनीको कुल सम्पत्ति  ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार रुपैयाँमा सीमित थियो । यसरी कम्पनीको गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल सम्पत्ति ६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रु. २६ दशमलव ३५ र प्रतिशेयर नेटवर्थ रु. ४१४.९० रहेको छ ।


Share this with your friends: