साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-01-03
साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर गत कात्तिक १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। कात्तिक १ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।


Share this with your friends: