सिटिजन्स म्युचुअल फण्ड–१ र २ को मूल्य समायोजन

2020-10-01
सिटिजन्स म्युचुअल फण्ड–१ र २ को मूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड–१ र २ को इकाइमूल्य समायोजन गरिएको छ। यि दुई योजना सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित छन्। 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७६र७७ का लागि घोषित नगद लाभांशका लागि सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य समायोजन गरेको हो। म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ र २ को प्रतिइकाइ मूल्य ९ रुपैयाँ कायम गरिएको हो। 

सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई १५ प्रतिशत र सिटिजन्स म्युचुअल फन्ड–२ ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

 


Share this with your friends: