सिनर्जी पावरको खुद मुनाफा १३.५५%ले घट्यो, ईपीएस रु.११.३९

2021-05-21
सिनर्जी पावरको खुद मुनाफा १३.५५%ले घट्यो, ईपीएस रु.११.३९

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको खुद मुनाफामा गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १३.५५ प्रतिशतले घटेको हो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २६ लाख ५३ हजार ३७० रुपेयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम ७ करोड २४ लाख ७३ हजार ४९० रुपैयाँ थियो। 

यस्तै कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ४ लाख ८३ हजार ६४८ रुपैयाँ आर्जन गरेको छ। अल्लिो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ८० लाख ४६ हजार १०० रुपैयाँ आर्जन गरेको थियो। यसरी समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १०.४५ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको सेयरपूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको छ। कम्पनीको रिर्जभमा सुधार हुँदै ६ करोड ३४ लाख ८१ हजार ३४० रुपैयाँ कायम भएको छ। यो अवधिसम्ममा कम्पनीको दिर्घकालिन कर्जा ६७ करोड ६७ लाख ३८ हजार ३९० रुपैयाँ रहेको छ। अघिल्लो आर्थिकको तेस्रो त्रैमाससम्ममा कम्पनीको दिर्घकालिन कर्जा ५८ करोड ५ लाख ८१ हजार ९०० रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.३९ रुपैयाँ र पीई रेसियो २४.०५ गुणा रहेको छ।    

 


Share this with your friends: