सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

2021-12-02
सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आगामी मंसिर २४ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ११ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ९ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.२५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।


Share this with your friends: