सीआईटीको हकप्रद सेयरको लिलामी भोलिदेखि

2021-03-04
सीआईटीको हकप्रद सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । नागरिक लगानी कोष९सीआईटी०ले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर९१ः०.८२८४० को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 

कम्पनीले भोलि(फागुन २१ गते)देखि सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीमा राख्न लागेको हो। इच्छुक लगानीकर्ताले हकप्रद खरिदका लागि आरविवि मर्चेन्ट बैंकिङ टेकु काठमाण्डौ, राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, विरगञ्ज–आर्दशनगर, जनकपुर–भानुचोक, भरतपुर–पुलचोक, बनेपा, बाग्लुङ–धौलागरी चोक, बुटबल–ट्राफीकचोक, नेपालगञ्ज–धम्बोजी, विरेन्द्रनगर–तल्लोबजार, धनगढी–चौराहा हेटौडा–मेनरोड, विर्तामोड–अदुवाखोला, काठमाण्डौ–बोनश्वर र दरबारमार्ग, नागरिक लगानी कोष नयाँ बानेश्वर तथा शाखा कार्यालयहरु–मोरङ विराटनगर र कास्की पोखरामा दरखास्त आवेदन बुझाउने सक्नेछन्। लगानीकर्ताले चैत २ गते बैंकिङ समयसम्म आवेदन दिनु पर्नेछ। 

यो हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेश गर्दा न्युनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा भने सेयर संख्याको कुनै सीमा तोकिएको छैन। 

हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

 


Share this with your friends: