सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

2022-04-26
सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख ८० हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये १० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ८ लाख ७० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.५०  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।   
 


Share this with your friends: