सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

2020-10-20
सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएका छन्। ऋणपत्र निष्कासनका लागि यि दुवैले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सेन्चुरी बैंकले गत असोज २२ गते र मन्जुश्री फाइनान्सले असोज २१ गते ऋणपत्र निष्कासनका लागि निवेदन दर्ता गराएका थिए। 

सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता र फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेका हुन् ।

सेन्चुरी बैंकले ९ प्रतिशत ब्याजदरको दश वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो। त्यस्तै मन्जुश्री फाइनान्सले ९.५० प्रतिशत ब्याजदरको नौ वर्षे ऋणपत्र जारी गर्न लागको हो। 
ऋणपत्र निष्काशनका लागि सेञ्चुरी कमर्सियल बैंकले ग्लोबल आइएमई क्यापिटललाई र मञ्जुश्री फाइनान्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेका छन्। 

 


Share this with your friends: