सेयर बजारमा कोरोनाको प्रभाव कम हुँदै, टर्नओभरमा बीमा कम्पनीहरुको दबदबा

2020-08-31
सेयर बजारमा कोरोनाको प्रभाव कम हुँदै, टर्नओभरमा बीमा कम्पनीहरुको दबदबा

काठमाण्डौ । नेप्सेमा आज बीमा कम्पनीहरुले उत्कृष्ठ प्रर्दशन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक २६०.३३ अंकको वृद्धि हुदै ९३०८.३९ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २३३.७ अंकले बढ्दै ७५२८.८३ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्यमा ६२ रुपैयाँको बढोत्तरी आयो। यो कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आज मात्रै नेप्सेमा सूचिकृत भएको थियो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीमा कुनैपनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचक २२.३१ अंकले बढी १४८४.९९ को बिन्दुको उचाईमा पुग्यो। आज बजारमा १८९ कम्पनीका ७७ लाख ६३ हजार ५६ कित्ता सेयर ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँमा किनबेच भयो। देशमा कोरोनाको कहर बढीहरदा केहि सातायता सेयर बजारमा भने निरन्तर वृद्धि आइरहेको छ। यसले लगानीकर्ताको मनोबल बलियो बन्दै गइरहेको र बजारमा बुलिस टे«ण्ड देखिएको संकेत गरेको छ। 

यो दिन होटल समूहको परिसूचकमा मात्रै रातो पोतियो,भने अन्य सबै समूहको उपसूचकमा हरियो पोतियो। बैकिङ समूह ४.९५ अंकले बढेको यो दिन व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत ३३.६१, वित्त १.१ र उत्पादन तथा प्रशोधन ८८.७१ अंकले बढे। यसैगरी अन्य, लघुवित्त, र म्युचुअल फण्ड क्रमश ३७.४, ८.५८ र ०.०८ अंकले बढे। 

यो दिन सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाए। यो कम्पनीको सेयर मूल्यमा ६२ रुपैयाँको वृद्धि संगै प्रति सेयर मूल्य १३०२ कायम भयो। 

आज सबैभन्दा धेरै अरुण काबेलि पावरका लगानीकर्ताले गुमाए। यो कम्पनीको सेयर मूल्य ४.७२ प्रतिशतले घट्दै १२१ रुपैयाँ कायम भयो। 

यो दिन सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको शीर्ष १० कम्पनीमा बीमा कम्पनीहरुको दबदबा रह्यो। यो सूचिमा ६ वटा बीमा कम्पनी परे। नेपाल रिइन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, नेपाल लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, र नेपाल इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गरे। यि कम्पनीले क्रमश २८ करोड ७४ लाख, १७ करोड ७८ लाख, १६ करोड ८१ लाख, १२ करोड ८७ लाख, १० करोड ११ लाख र ९ करोड १६ लाख बढीको कारोबार गरे।  

 


Share this with your friends: