सेयरको माग वृद्धि भएको दिन बीमा कम्पनीहरुको सन्तोषजनक प्रर्दशन

2020-08-20
सेयरको माग वृद्धि भएको दिन बीमा कम्पनीहरुको सन्तोषजनक प्रर्दशन

काठमाण्डौ । बढ्दो बजारमा बीमा कम्पनीका सेयरहरु चम्कीएपछि साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ६.२८ अंकले बढेको छ। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ५६.८२ अंकले बढ्दै ८५२०.२२ को उचाइमा पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ३२.४१ अकंको वृद्धिसंगै ६७३५.३० को उचाई चुम्न सफल रह्यो। 

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एभरेष्ट कम्पनी एक्लो कम्पनीको रुपमा रह्यो। यो दिन एभरेष्ट कम्पनीको सेयर मूल्यमा ९ रुपैयाँको बढोत्तरी संगै कम्पनीको प्रति सेयर मूल्य ४३८ रुपैयाँ कायम भयो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीमा कुनैपनि बीमा कम्पनी परेनन्। 
बजारमा अरु के–के भयो ? 
यो दिन नेप्से परिसूचक ६.२८ अंकले बढेर १३९७.५७ को बिन्दुमा पुग्न सफल भयो। बजारमा १८२ कम्पनीका १२ लाख १४ हजार ५१४ कित्ता सेयर ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँमा किनबेच भयो। यो दिन होटल र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा हरियो पोतियो। 

बैकिङ समूह ५.४२ अंकले बढेको यो दिन व्यापार, विकास बैंक, जलविद्युत, वित्त समूहमा क्रमश २०.११, ४.२२, ७.४२, २.८५ अंकको वृद्धि देखियो। यसैगरी उत्पादन तथा प्रशोधन समूह, अन्य, लघुवित्त समूहमा क्रमश २१.७३, ०.०९, १२.०२ अकंको बढोत्तरी आयो। 

यस दिन एउटा मात्रै कम्पनी समिद्धी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आफ्नो सम्पत्ति बढाए। 

यो दिन जोशी हाइड्रो डेभलपेन्ट कम्पनी लिमिटेडका लगानीकताले ६.४५ प्रतिशतले गुमाए। यो दिन सबैभन्दा बढी नेको इन्सुरेन्स कम्पनीले ३ करोड २ लाख १० हजार बढीको कारोबार गर्यो। 

 


Share this with your friends: