हकप्रद निष्कासनका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय

2022-03-18
हकप्रद निष्कासनका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी चैत १४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीको गत भदौ २५ गते सम्पन्न १८ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको चुक्तापूँजी रु.२७५।८९ करोडको १ बराबर ०.३९३६ का दरले हुने रु.१०८.६ करोड बराबरको हकप्रद जारी गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । 

कम्पनीको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागुन २६ गते स्वीकृती प्रदान गरेको थियो ।   


Share this with your friends: