हिमालयन पावर पार्टनरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2020-12-28
हिमालयन पावर पार्टनरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्ज स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह २ बजे सभा भर्चुअल माध्यम(जुम भिडियो कन्फ्रेन्स)बाट आयोजना गर्ने निर्णय गरेको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदा पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  


Share this with your friends: