‘एनआईसी एशिया सेलेक्ट–३०’ का इकाइहरुको बाँडफाँड सम्पन्न

2021-07-05
‘एनआईसी एशिया सेलेक्ट–३०’ का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)का इकाइहरुको बाँडफाँड गरिएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको  ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) का इकाइहरुको बाँडफाँड(बीजपूँजी समेत) असार २० गते गरिएको हो । 

उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित www.meroshare.cds.com.np वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.nicasiacapital.com बाट हेर्न सकिने एनआईसी एशिया क्याविटलले जनाएको छ । 
एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत असार १० गतेदेखि निष्कासन गरिएको थियो ।

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको थियो । 

इकाइ खरिदका लागि ७१ हजार ३३८ आवेदकहरुबाट १४ करोड ५४ लाख २३ हजार १७० इकाइका लागि सि–आस्वामार्फत आवेदन परेकामध्ये १०० इकाइ ४५ लाख इकँईसम्म माग आवेदन गरेका आवेदकहरुलाई माग बमोजिम तथा ५० लाख इकाइदेखि १ करोड इकाइसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६०५ इकाइका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  


Share this with your friends: