‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरु बाँडफाँड

2021-09-23
‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरु बाँडफाँड

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत भदौ १७ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरिएको  ‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरुको बाँडफाँड गरिएको हो । 

उक्त फन्डमा रितपूर्व आवेदन परेका ४ करोड इकाईहरु असोज ६ गते बाँडफाँड गरिएको हो । 

एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइमध्ये पहिलो चरणमा ४ करोड इकाई गत भदौ १७ गतेदेखि निष्कासन गरिएको थियो । 

प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंक लिमिटेडका लागि सुरक्षित राखि र १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापकका लागि सुरक्षित राखि बाँकी न्यूनतम २ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको थियो । 


Share this with your friends: