‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

2022-06-09
‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डको सार्वजनिक निष्कासन गत जेठ १२ गतेदेखि गरिएको थियो।  

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकालइले हुन आउने १८ करोड कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाईले हुन आउने रु।१ अर्ब २ करोड  आम सर्वसाधारणका लागि बिक्रीका लागि खुला गरिएको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु.(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: