‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड सम्पन्न

2021-05-30
 ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरु जेठ १४ गते बाँडफाँड गरिएको हो । 

इकाइ खरिदका लागि ८५ हजार ५५५ आवेदकहरुबाट १८ करोड २८ लाख ५८ हजार २८० इकाइका लागि सि–आस्वामार्फत आवेदन परेकोमा ८२ हजार १५२ आवेदन सदर भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सदर आवेदकमध्ये १०० इकाइदेखि १० लाख इकाइसम्म माग गर्ने ८२ हजार १२७ जनालाई माग बमोजिम, २० लाख देखि २५ लाखसम्म माग गर्ने १५ जनालाई १४ लाख ६८ हजार ०९० इकाइका दरले र ३० लाख देखि १ करोड इकाइसम्म माग गर्ने १० जनालाई १४ लाख ६८ हवार १०० इकाइका दरले गरी सर्वसाधारणलाई जम्मा १० करोड ६२ लाख ५० हजार इकाइ बाँडफाँड गरिएको छ । यसरी कोष प्रवद्र्धक प्रभु बैंकको १ करोड ७५ लाख र योजना व्यवस्थापक प्रभु क्यापिटलको १२ लाख ५० हजार इकाइ बिजपूँजी गरी जम्मा १२ करोड ५० लाख इकाइ बाँडफाँड गरिएको हो । 


Share this with your friends: