‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

2021-06-20
 ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु।३० करोड बराबरको ऋणपत्र(सोमध्ये ५% अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ०९ गते र ढिलोमा असार २० गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: