‘सिभिल बैंक डिबेन्चर २०८८’ को सार्वजनिक निष्कासन आजदेखि

2021-12-10
‘सिभिल बैंक डिबेन्चर २०८८’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आज(मंसिर २४ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ११ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ९ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०।२५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।


Share this with your friends: