मेरोमाइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

2021-07-16
मेरोमाइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत पुस २८ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित १६.९३९९ प्रतिशत बोनस सेयर बुक क्लोजको समयमा डिम्याट खातामा सेयर धारण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो। 

संस्थाले आईपीओमा परेको सेयर हालसम्म अभौतिकीकरण नभएको हकमा आफ्नो बाँडफाँडमा परेको सेयर हितग्राही खातामा जम्मा गरेपश्चात हालसम्म वितरण गरेको बोनस सेयर तथा भविष्यमा वितरण गरिने बोनस सेयर लगायतका अन्य सेयरहरु सोझै अभौतिक रुपमा हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।  


Share this with your friends: