माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-07-29
माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गत असार ३१ गतेदेखि निष्कासन भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १४ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ,८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। बैंकलाई नेपाल धितोपत्र बोर्डले गत असार १६ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको  थियो ।  


Share this with your friends: