चन्द्रागिरी हिल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

2021-12-22
चन्द्रागिरी हिल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उदेश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियामक निकायबाट कुनै सुझाव वा निर्दशेन भएका सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै प्रबन्धक सञ्चालकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।   

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।   


Share this with your friends: