हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले डाक्यो साधारण सभा

2020-12-24
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले डाक्यो साधारण सभा

काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २९ गते काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भिडियो कन्फरेन्स मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। 
सभामा कम्पनीको प्रबन्धपत्र, नियमावली तथा सञ्चालनका नीतिगत आधारमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कम्पनीद्वारा भुक्तानी गरिएको रु.५० लाख सहयोग अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालु आ.व २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

कम्पनीले साधारण सभा प्रयोजनका लागि आउँदो पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: