काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा आगामी जेठ २४ गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।