चिकित्सकहरुलाई प्रभू क्यापिटलको सेयर बजार बारे तालिम

16 दिन अगाडी
चिकित्सकहरुलाई प्रभू क्यापिटलको सेयर बजार बारे तालिम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरुबीच कार्यक्रम सम्पन्न गरेको छ ।
 

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायतका कार्य समितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो ।  कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्दझा ले सञ्चालन गरेका थिए । 

उक्त वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपम सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको क्यापिटलले जनाएको छ ।  

उक्त कार्यक्रम चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रीत रहि तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।  

चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उतm कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएको क्यापिटलले उल्लेख गरेको छ । चिकित्सकहरुआफ्नो समय व्यस्तता तथा सेयर बजार सम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको बताएका थिए ।


Share this with your friends: