अरुण भ्यालि हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-09-17
अरुण भ्यालि हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी असोज २४ गते आइतबारका दिन कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप मार्फत सभा सञ्चालन गर्ने निर्णय गरेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै उक्त बैठकले बोनस सेयरपश्चात जारी हुने चुक्तापूँजीमा ५० प्रतिशत(१ः०.५) अनुपातमा)हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

उक्त सभाबाट आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ। यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका छलफल गरी पारित गरिनेछ। यसका साथै २०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीले निमार्ण गर्न लागेको १५ मेगावाटको माथिल्लो काबेली २ जलविद्युत आयोजनाका लागि ऋण स्विकृत गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज ११ गतेदेखि १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: