आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2022-03-27
आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १ गते एक दिनका लागि बुक क्लोज गरेकाले माघ २८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। 

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ तथा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्साल शाखा कार्यालयहरु गोंगबु,कलंकी,जाउलाखेल,न्युरोड,सल्लाघारी,बौद्ध,बिर्तामोड झापा,विराटनगर,विरगंज,हेटौडा,चरिकोट दोलखा,नारायाणगढ,पोखरा,नेपालगंज,धनगढी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   


Share this with your friends: