आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सयपत्री हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

2021-12-13
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सयपत्री हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय चाबहिलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: