आईपीओ निष्कासनको माग गर्दै न्यादी हाइड्रोपावरले दियो बार्डमा आवेदन

2020-11-27
आईपीओ निष्कासनको माग गर्दै न्यादी हाइड्रोपावरले दियो बार्डमा आवेदन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोेर्डमा आवेदन दिएको छ। 

कम्पनीले ४० करोड ५० लाख रुपैयाँबराबरको कुल ४० लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।


Share this with your friends: