आज पनि थामिएन सेयर बजारको पहिरो, बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्यमा उच्च गिरावट

2021-12-13
आज पनि थामिएन सेयर बजारको पहिरो, बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्यमा उच्च गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ५४५.९८ अ.कले घट्दै ९७९०.६५ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ४२५.३३ अंकले ओरालो लाग्दै १२१५५.२५ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो । आज यो कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले घट्दै प्रतिकित्ता ४९५ रुपैयाँ कायम भयो । एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६.७४, सानिमा जनरल ६.४६, सूर्या लाइफ ६.१६, अजोड इन्स्योरेन्स ५.९१ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

सेयर बजारको पहिरो आज पनि थामिएन । आज नेप्से परिसूचक ७९.२३ अंकले घट्दै २२८२ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २३३ कम्पनीका ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो । बैंकिङ उपसूचक ३४.११ अंकले घटेको आज व्यापार ९९.११, होटल एण्ड टुरिजम ५४.९४, विकास बैंक २११.७६, हाइड्रोपावर १०५.८२, वित्त १३३.९१, उत्पादन तथा प्रशोधन १७१.७२, अन्य ६३.०४, लघुवित्त १८७.३३, म्युचुअल फन्ड ०.२४ र लगानी उपसूचक ३.४२ अंकले घट्यो । 

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढ्यो । यसैगरी बोटलर्स नेपाल तराइको सेयरमूल्य ५.४०, युनिलिभर नेपाल ४.०३ र माउन्टेन इनर्जीको सेयरमूल्य ३.९२ प्रतिशतले बढ्यो ।

आज स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ९.६३, नेशनल हाइड्रोपावर ९.४८, गुडविल फाइनान्स ९.४२, आँखुखोला जलविद्युत ९.२७, तेह्रथुम पावर कम्पनी ९.१७, मल्टीपपर्स फिनान्स कम्पनी ९.१४ र आईसीएफसी फाइनान्स कम्पनीको सेयरमूल्य ९.१४ प्रतिशतले घट्यो । 

यो दिन नबिल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । आज बैंकको १८ करोड बढीको सेयर कारोबार भयो ।


Share this with your friends: