आज पनि दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-11
आज पनि दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ५९७.७१ अंकले उकालो लाग्दै १५९७८.१५ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ३३६.१९ अंकले बढ्दै १३०४६.३७ बिन्दुको उचाइमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ७.१७ प्रतिशतले बढ्दै प्रतिकित्ता ७६२ रुपैयाँ कायम भयो । त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य ६.१५,नेपाल इन्स्योरेन्सको ५.४६, प्रुडेन्सियल इन्स्योरेन्स ५.३८ र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो । परिसूचक ४९.१९ अंकले बढ्दै २८३४.१३ बिन्दुमा पुग्यो । यो दिन २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६अर्ब ७२ लाख ४५ हजार २६ हजार १९७.५१ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक ३.६४ अंकले बढेको आज विकास बैंक १७१.२५, वित्त १४९.७३, होटल एण्ड टुरिजम १०७.३४, हाइड्रोपावर ६५.८८, लगानी १.९३, लघुवित्त २०६.७५, म्युचुअल फन्ड ०.०९,अन्य २७.८३ र व्यापार उपसूचक ४०.२९ अंकले बढ्यो । 

उत्पादन तथा प्रशोधन उपसूचक आज ३१.२३ अंकले घट्यो । 

आज ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक रमध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

आज माउन्टेन इनर्जीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ३.५२ प्रतिशतले घट्यो । 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।  


Share this with your friends: